झापा ।
झापा मेचीनगर–६ स्थित मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं.४ का ३६ बर्षिय सुरज थेवे र उनका साथी शिवसताक्षी नगरपालिका वडा नं. ७ का ४२ बर्षिय अमृत श्रेष्ठ छन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई शंका लागेर चेकजाँज गर्दा सुरज थेवेले लगाएको पेन्टीको इलास्टिक भित्र लुकाई छिपाई ल्याउदैं गरेको ब्राउन सुगर ४ ग्राम ५०० मिलिग्राम फेला परेका थियो ।
ब्राउन सुगर फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।