बिर्तामोड । 

लघुबित्त र सहकारीका कारण श्रीमान खाडी मुलक र श्रीमती जंगल पस्नु पर्ने बाध्यता सिर्जना भएको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बताएका छन् । 

युवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभाका अवसरमा प्रमुख अतिथि रहेका प्रसाईले सम्बोधन गर्दै आइतवार (आज) बिर्तामोडमा लघुबित्त, सहकारी र भष्ट्राचार विरुद्ध एकजुट गरेर आगामी मंसिर ७ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

‘लघुबित्तका सरहरु आउछन् भनेर महिलाहरु जंगल पस्नु पर्ने अवस्था छ’ प्रमुख अतिथि प्रसाईले भने ‘नेताजती डाँका र भष्ट्राचारी भएका कारण यो अवस्था आएको हो ।’ उनले दुर्गा प्रसाईको नेतृत्वमा राजसंस्था सथापित हुने आश्वसन समेत दिएका छन् । 

समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको प्रथम बार्षिकोत्सव तथा साधारणसभामा स्वागत समाजकी संस्थापक केन्द्रिय सदस्य कविता ओलीले गरेकी थिइन् । कार्यक्रममा समाजका सल्लाहकार संयोजक जयनारायण ढुङ्गानाको बिशिष्ट आतिथ्य रहेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, समाजकी सल्लाहकार जानुका थापामगर, डा. लक्ष्मीप्रसाद मैनाली, अञ्जना ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजकी संस्थापक सदस्य रेणु ओडारीले गरेकी थिइन् । 

durga

‘युवाहरुको चाहाना, सुशासन युक्त नगरको परिकल्पना’ भन्ने मुल नाराका साथ गठन भएको समाजले एक बर्षको अवधिमा गरेको सुधार कार्यक्रसहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । अध्यक्ष भण्डारीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार  झापाका सवै पालिकामा खबरदारी गर्ने उदेश्यले पालिका स्तरीय कमिटीहरु निर्माण भइरेका छन् । झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा पालिका स्तरीय कमिटी गठन भइसहेको र अन्य पालिकाहरुमा पनि समाजको कमिटी गठन निर्माण हुने अन्तिम चरणमा रहेको प्रतिबेदनमा उल्लेख छ । 

समाजले पालिकामा गर्ने कुनैपनि गलत कार्यको खबरदारी गरेर सुधार गरिएको १० बुँदे विवरणहरुसमेत कार्यक्रममा अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच गायक भक्त विश्वासले गीत गाएका उपस्थित सवैलाई मनोरञ्जन गराएका थिए ।