झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित त्रिवेणी होटल एण्ड लजबाट प्रतिबन्धित लागूऔषधसहित शनिवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–४ घर बताउने अन्दाजी.२१ बषिैय उत्तम दर्जी र इलामको सुर्योदय नगरपालिका वडा नम्बर २ घर बताउने अन्दाजी २० बर्षिया सन्ध्या बिश्वकर्मा रहेका छन् ।
होटल एण्ड लजमा ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । होटल धनीलाई खानतलासी पुर्जी समेत दिई खानतलासी गर्दा होटल लजको कोठा नं.१ भित्र उत्तम दर्जी र सन्ध्या बिश्वकर्मा बसेको कोठाको बेडमा ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम फेला परेको जनाइएको छ ।
उनीहरुको साथबाट ब्राउन सुगरसहित नेपाली ५ हजार ५०० रुपैयाँ, मोवाइल सेट तीन वटा फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।