झापा । 

चोरी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नम्बर ७ का २१ बर्षिय  गोबिन्दकुमार र सोही स्थानका ३९ बर्षिय सुकदेव राजबंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीवार फैसला कार्यान्वयनको झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि दुवै जनालाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिवादी गोबिन्द र सुकदेव झापा जिल्ला अदालतको मिति २०७९/१२/१९ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद, २० हजार जरिवाना र ८ सय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए ।