झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित मेचीपुलबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.१५ का ३६ बर्षिय बिजयकुमार राजबंशी सोही स्थानका २६ बर्षिय सुमन राजबंशी रहेका छन् । 

प्रहरी बिट मेचिपुलको प्रहरी टोलीले बुधवार भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प.८६८८ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक राजवंशीले लगाएको हेल्मेट भित्र कालो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको ब्राउन सुगर २ ग्राम ९५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

ब्राउन सुगर फेला परेपछि बिजयकुमार र मोटरसाईकल पछाडी सवार सुमन समेतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।