मोरङ।

मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको  २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो ।

लागूऔषध गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको द्यच् घडब्ँइघघट नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीको प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६(५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागूऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।