झापा । 

बैदेशिक रोजगारीका लागि अन्य मुलुक जाने नेपाली युवाहरुको संख्या घट्न थालेको छ ।  साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा गएको संख्याले वैदेशिक रोजगारीमा जाने क्रम घट्दो दरमा देखिएको हो ।

साउनमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत २८ हजार २ सय ३४ जना युवायुवतीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएकोमा भदौमा महिनामा उक्त संख्यामा करिब २ हजारले कमी आएको छ ।

भदौमा समग्रमा ३५ हजार ३ सय ३ जना वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीमार्फत २७ हजार १ सय ७१ जनाको श्रम स्वीकृति भएको छ । भदौमा व्यक्तिगत नयाँ ७ हजार ३ सय ५ जनाले श्रम स्वीकृति लिएका छन् ।

 वैदेशिक रोजगार विभागको भदौ महिनाको प्रगति प्रतिवेदनअनुसार भदौमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसँगै वैदेशिक रोजगारमा जाने युवायुवतीमा कमि आएको ब्यवसायीहरुको अनुमान छ ।