चन्द्रगढी । 

झापाको कचनकवल स्थित लक्ष्मी क्याम्पस, बनियानीमा असोज १३ गते स्वास्थ्य महोत्सव हुने भएको छ । 

जनतासंघ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओबादी केन्द्रको आयोजनामा स्वास्थ्य महोत्सव गरिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा कार्यक्रमका संयोजक डिल्ली घिमिरे हिक्मतले बताए । 

कचनकवलका बिपन्न वर्गका साथै मजदुरहरुको स्वास्थ्य परिक्षण गराउने उद्देश्यले स्वास्थ्य महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । 

स्वास्थ्य महोत्सवमा फिजिसियन, बाल रोग, नाक, कान, घाटी, स्त्री रोग, दन्त रोग सेवाका साथै मेची आँखा उपचार केन्द्रले आँखा उपचार निःशुल्क रुपमा गर्ने बताइएको छ ।