झापा ।
पूर्वी नेपालको ब्यापारीक शहर विर्तामोडमा गत असोज ४ गते बाट सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साह जनक साथ मिलेको छ ।
२६ औं स्टोरका रुपमा सञ्चालनमा आएको भाट भटेनी उद्घाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो उपस्थिति पाउँदै आएको छ । भाट्भटेनीले तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो ।
भाटभटेनीले स्थानीयको उत्साह जनक साथ पाएको बिज्ञप्ती जारी गर्दै जनाएको हो । ग्राहक महानुभावहरुले स्टोरप्रति देखाएको माया तथा विश्वासका लागि हृदय देखिनै कृतज्ञता तथा आभार ब्यक्त गर्दै भाटभटेनी परिवार गौरवबिन्त भएको जनाएको छ ।
उद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर तथा किचनवेयर लगायतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशतसम्मका छुटको सुविधाहरु अर्को सुचना नआउँदा सम्मका लागि यथावत नै रहने जानकारी गराएको छ ।
१५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित सञ्चालनमा आएको उक्र स्टोरमा २ अर्ब बढी लागानी भएको जनाइएको छ । स्टोर कोशी प्रदेशको चौथो तथा झपा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।