झापा । 

म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको मूल आधार बनेकाले श्रम कूटनीतिलाई उच्च महत्व दिन आग्रह गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मुलुकका लागि नियुक्त भएका राजदूतहरुसँग वैदेशिक रोजगार व्यवसायलाई सरल र सहज बनाउने विषयमा शुक्रवार अन्तरक्रिया गरेका थिए । नियुक्त भएका मुलुकमा जिम्मेवारी सम्हाल्न जान लागेका राजदूतहरूको सम्मानका लागि संघले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर ओली, स्वीट्जरल्याण्डको जेनेभाका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई र कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल उपस्थित रहेका थिए ।