झापा ।
झापाबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ बिर्ताबजारका २४ बर्षिय उत्सब चौधरी, मेचीनगर–९ का २० बर्षिय निर्दोस डाँगी सोही स्थानका उनकै साथी २७ बर्षिय साजन राजवंशी रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदैं गरेका चौधरीलाई मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा शुक्रवार ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा चौधरीको साथबाट खैरो हिरोईन १ ग्राम ५०० मिलिग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका डाँगीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट पनि खैरो हिरोईन १ ग्राम फेला परेपचि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनका साथी राजवंशी समेत संलग्न रहेको खुलेपछि खोजतलास गर्ने क्रममा मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राजवंशीलाई चेकजाँच गर्दा उनको साथबाट पनि खैरो हिरोईन ९०० मिलिग्राम फेला परेको जनाइएको छ । नियन्त्रणमा लिइएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।