बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले बिर्तामोडमा सञ्चालिनत म्यानपावर कम्पनीका शाखा, अभिमूखिकरण तथा मेडिकल सेन्टरलाई ब्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत वैदेशिक रोजगार विभागबाट अनुमति लिएर विर्तामोड नगर क्षेत्रभित्रमा सञ्चालन रहेका ब्यवसायीलाई ब्यवसाय दर्ता गर्न आग्रह गरिएको हो । 

नगर क्षेत्रभित्र म्यानपावर व्यवसायीहरु, अभिमुखीकरण तथा मेडिकल सेन्टरहरु सञ्चालनमा रहेपनि सबै सस्था नगरमा व्यवसाय दर्ता नभएको जनाउँदै १५ दिनभित्र आवश्यक कागजातहरुसहित बिर्तामोड नगरमा व्यवसाय दर्ता तथा सूचीकरण गर्न नगरले सूचना जारी गरेको छ । 

नगरद्धारा तोकिएको समयभित्र दर्ता नहुने व्यवसायीहरुलाई प्रचलित कानून बमोजिम कारबाही हुने जानकारीसमेत नगरद्धारा जारी सूचनामा जनाएको छ ।