झापा ।
आजकै दिन संविधान जारी भएको अवसरमा देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन हुन भने सकेको छैन। आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ।
यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन्। केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेश केन्द्रित दलको असन्तुष्टि र ठूला दल बीचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्दै आएका छ ।
संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ।
विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ। संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। २०७२ असोज ३ गते जारी भएको थियो भने सोही अवसर पारेर आज झापासहित देशभर बिबिध कार्यक्रम गरी संविधान दिवस मनाइदै छ ।