बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा उत्पादित ‘प्रहरी कार्यक्रम’ प्रसारणको लागि स्थानिय टेलिभिजनहरुसँग सम्झौता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा बिराट टेलिभिजन इटहरी, सप्तकोशी टेलिभिजन इटहरी र कृति टेलिभिजन धरानसँग कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्पादन गरेको ‘प्रहरी कार्यक्रम’ साप्ताहिक रुपमा प्रसारण गर्ने संझौता भएको हो । 

उक्त सम्झौता कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलासहित बिराट टेलिभिजनका व्यवस्थापक बिकल पौडेल, सप्तकोशी टेलिभिजनका व्यवस्थापक बिकल रेग्मी तथा कृति टेलिभिजनका व्यवस्थापक बिनय प्रधान (श्रेष्ठ)ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख बास्तोलाले स्थानिय टेलिभिजनहरुसँगको सहकार्यमा प्रहरी गतिबिधिका साथै जनचेतनामुलक तथा संदेशमुलक सामग्रीहरु प्रसारण गर्दा आम नागरिकहरुमा जनचेतना अभिबृद्धी भई समाजमा अपराध रोकथाम तथा नियन्त्रण हुने र शान्ति सुरक्षा स्थापना गर्ने कार्यमा स्थानिय टेलिभिजनहरुको महत्वपूर्ण भुमिका रहने वताएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा उत्पादित ‘प्रहरी कार्यक्रम’ नेपाल टेलिभिजन इटहरी, एरिना टेलिभिजन इटहरी र मकालु टेलिभिजन बिराटनगरबाट निरन्तर साप्ताहिक रुपमा प्रसारण हुँदै आईरहेको छ ।