झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीबाट बिना बिलको मरेको माछा आइतवार(आज) प्रहरीले नियन्त्रणपछि नष्ट गरेको छ । 

प्रहरी चौकी चारआलीको प्रहरी टोली कोशी प्रदेश मत्छे किसान समुहका बरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समुह झापाका अध्यक्ष लक्ष्मि शिवाकोटी सहितको संयुक्त टोलीले पूर्वबाट पश्चिमतर्फ सिटिमा ल्याउदैं गरेको अवस्थामा माछा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिना बिलको मरेको माछा अन्दाजी २४० केजी ७५ हजार रुपैयाँ बरावरको फेला पारी नियन्त्रणमा लिएर पशु क्वारेन्टाईन कार्यालय काँकरभिट्टा झापासँग समन्वय गरी प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो ।

चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकोले प्रहरी चौकी चारआली झापाको कम्पाउण्डको खाली ठाँउमा  खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।