काठमाडौं । 

काठमाडौंको तीनकुने स्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । 

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र चार जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।  हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको हुनसक्ने बताइएको छ।

घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।