बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३  स्थित लिंकन मन्टेश्वरी स्कुलमा विविध कार्यक्रम गरि बाल दिवस मनाइएको छ । 

५९ औं बाल दिवसका अवसरमा शुक्रवार मन्टेश्वरीमा बालबालिकाले विभिन्न प्रस्तुति दिएका थिए  । नानीबाबुहरुले गीत, नृत्य, फेसन शो लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । 

सोही अवसरमा अभिभावकसँग शिक्षक, विद्यार्थी तीज मिलन कार्यक्रम समेत गरिएको बिद्यालयकि को–अर्डिनेटर गायत्री कट्टेलले जानकारी दिइन् । 

संचारकर्मी हरि बरालले संचालन गरेको कार्यक्रममा पबित्रा पौडेल, संगिता घिमिरे, जमुना पाण्डेलगायतले शुभकामना मन्तब्य राखेको मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।