बिर्तामोड ।
झापामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारीका ४२ बर्षिय तीलक श्रेष्ठलाई बुधबार (आज) प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित एक गेष्ट हाउसमा लगेर श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । त्यस बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।