विराटनगर ।

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका–६ का ३३ बर्षीय नरेन्द्र खड्कालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर फेला पारी खड्कालाई नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरीको टोलीले झापाको शिवसतासी नगरपालिका–३ का २६ बर्षीय सुबास तामाङ र ४० बर्षीय भिमप्रसाद तुम्बाहाम्फेलाई भारतबाट नेपाल तर्फ मे ५ प ९१३५ न. को मोटरसाईकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।