बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरीका लागि  एक दिने जीवन उपयोगी सिप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सहकार्यमा भएको प्रशिक्षण कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण ढकालले प्रहरी कर्मचारीहरुलाई जीवन उपयोगी प्रशिक्षण प्रदान गरेका थिए । 

 त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी दोस्रो समुहको तालिमको समापन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भाद्र २१ गतेबाट सञ्चालन भएको उक्त तालिमको बुधवार (आज) प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि सापकोटाले तालिमबाट सिकेका सिप, ज्ञानलाई कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ ।

उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुका जुनियर प्रहरी अधिकृत देखी प्रहरी जवान सम्मका २२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको  थियो ।