झापा।
झापाको बाह्रदशी गाउँपालिका–४ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती साढे १० बजे लागू औषध किनबेच हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीको प्रहरी टोलीले २६ बर्षीय सल्मान आलमलाई उनकै घरबाट ७ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका आलमको ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।