झापा ।
पर्साको वीरगञ्जको बिर्तामा रहेको बाल सुधार गृहमा उत्पात मच्चाएपछि रातभर तनावग्रस्त बनेको छ। मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच एकआपसमै विवाद भएपछि तनावग्रस्त अवस्था सिर्जना भएको हो।
बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए। राति करिब ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।
प्रहरीका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । भक्तपुरमा केही समयअघि तोडफोड मच्चाएर त्यहाँ पठाएका १८ कैदीबन्दीले नै विवाद गरेका हुन् ।
बाल कैदीबन्दीले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गर्दै आएका छन् ।