झापा । 

प्रतिबन्धित लागू औषधसहित झापाको झापा गाउँपालिका वडा नम्बर २ झापा बजारबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका  प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले साईकल यात्री भारतको जिल्ला किसनगञ्ज महमारी धनतोला पन्चायतका २६ बर्षिय असरफुल हकलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । 

हकलाई शंका लागेर चेकजाच गर्दा भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध  ब्राउन सुगर ८ ग्राम ५०० मिली ग्राम फेला परेपछि  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएको उनको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।