झापा।

झापाको दमक नगरपालिका–८ चक्रपथ चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार (आज) बिहान ११ बजे दमक–८ मा कोठा भाडामा बस्दै आएका २९ बर्षीय किशन राजवंशीको डेरा कोठामा प्रतिबन्धित लागू औषध ब्राउनसुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कोठामा लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर सहित राजवंशीलाई नियन्त्रणमा लिएको हो । 

उनलाई आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको प्रहरीले कार्यालयले जनाएको छ ।