झापा ।
विश्व आत्महत्या दिवसको अवसर पारेर नेपाल प्रहरीले आत्महत्या रोकथामका प्रयास गरेको छ । प्रहरीले आत्महत्या रोकथामका लागि सन्देशमुलक जिङ्गलसमेत जारी गरेको छ । हिजो भदौ २४ गते परेको विश्व आत्महत्या दिवसको अवसर पारेर नेपाल प्रहरीले सन्देश मुलक जिङ्गलसमेत सार्वजनिक गर्दै न्यूनिकरणको प्रयास गरेको हो ।
जिङ्गलमा तिनएको छ ‘परिवारमा वा चिनेजानेका ब्यक्तिहरुको बानीब्यहोरामा परिवर्तन, तनाव ब्यवस्थापनका लागि शारिरिक ब्याम, मानसिक रोगीलाई मनोपरामर्शलाई देखाउन, समस्यासँग डट्न’ सल्लाहसुझाव दिने लगायतका सन्देश मुलक उपायहरु छ ,
पछिल्लो समय आत्महत्याका घटना बृद्धि भएका छन् । आत्महत्या न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी, बिभिन्न सामाजिक संघ÷संस्थाहरुले बिबिध प्रयास गरेपनि आत्महत्या भने खासै घटेको तथ्याङ्कले देखाएको छैन ।
तीन बर्षको अवधिमा ९ सय ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको त्रिबर्षिय तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ भदौ २४ गतेसम्ममा ९ सय ९९ ले आत्महत्या गरेका छन् । आत्महत्या गर्नुमा गरिबी, प्रेम असफल, आर्थिक अभावजस्ता कारण बढी देखिएका छन् ।
आर्थिक बर्ष २०७७/०७८ मा ३०१ पुरुष र ३३ जना महिला, २०७८/०७९मा २२२ जना पुरुष र ९२ जना महिला, २०७९/०८० मा १८८ पुरुष र १२९ महिला र २०८०/०८१ भदौ २४ गतेसम्म २५ पुरुष र ९ जना महिलाले आत्महत्या गरेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
झुण्डिएर, बिष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, गोली हानेर, धारिलो हतियारले घाटी रेटेर आत्म हत्या गरिएका मध्ये सवै भन्दा धेरै झुण्डिएर आत्म हत्या गरिएको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा सवै भन्दा धेरै पुरुषले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।
आत्महत्या गर्नेमा १६ बर्षमुकिा ६५ जना, १६देखि २५ बर्ष समुहका २४१ जना, २६ देखि ३५ बर्ष समुहका १९९ जना, ३६ देखि ४५ बर्ष समुहका १७२ जना, ४६ देखि ६० बर्ष समुहका १९० जना र ६० बर्ष माथिका १३२ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा छ ।
आर्थिक बर्ष २०७७/७८, २०७८/०७९ र २०७९/०८० सम्ममा महिला २६८ जना, पुरुष ५९१ जना, बालिका ६४ जना, बालक २९, बिदेशी महिला ३ जना, बिदेशी पुरुष ९ जना र बालिका १ जनाले आत्म हत्या गरेका प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरीले आफ्ना गाउँ घरमा हुने मानसिक रोगी, एक्लै बस्ने, छिनछिनमा रिसाउने, कुनै पानी ब्यहारोमा परिवर्तन देखिएकामा बिशेष रेखदेख गर्नुपर्नेमा जोड दिएको छ ।