बिर्तामोड ।
झापाको कमल गाउँपालिका वडा नम्बर ३ बोहोरा टोलस्थित भित्री सडक खण्डमा शनिबार(आज) बिहान १० बजे दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ३० वर्षीय बीरेन्द्र सहनी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका जनाएको छ ।
उनी मे २ प ५९२३ नम्वरको मोटरसाइकलमा सवार थिए । सहनी सवार मोटरसाइकल मे ११ प ९२०३ नम्बरको मोटरसाइकलसँग जुधेको झापा ट्राफिकका प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले जानकारी दिए ।