झापा ।
झापाबाट चोरी र लागू औषध मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउपछि कैद भुक्तानका लागि अदालतमा उपस्थिति गराइएको हो ।
सर्बोच्च अदालत फैसला कार्यन्वयन निर्देशनालयद्वारा गठित पुर्णकालिन दस्ता झापा द्वारा पक्राउ गरी फैसला कार्यान्वयन लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।
अदालतको आदेश अनुसार कैद भुक्तानको लागि शुक्रवार एक जनालाई बालसुधार गृह विराटनगर, मोरङ पठाइएको छ भने एक जनालाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा जिल्ला अदालतको मिति २०७९/०३/१९ गतेको फैसला अनुसार चोरी मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ५ हजार प्रतिवादीले जाहेरवालालाई क्षतिपुर्ति भराई दिनुपर्ने साथै आठसय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका परिवर्तित नाम ‘एसबी–०७७/०७८’ लाई बालसुधार गृह विराटनगर मोरङ पठाइएको छ ।
त्यस्तै झापा जिल्ला अदालतको मिति २०७७/११/१७ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा ३ महिना कैद र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका पाचँथरको याङवरक गाउँपालिका वडा नं.२ स्थायी घर भई हाल झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.४ का २५ बर्षिय किशन बेघा कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।