कालीस्थान । 

ॐकार हरिकीर्तन मण्डली अर्जुनधारा–९ र १० ले श्री कृष्ण जन्माष्टमीको अवसर पारेर हरीनाम संकीर्तन एवं सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।  कालिकापीठ कालीस्थानको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं अर्जुनधाराका मेयर बलदेब गोम्देनले गरेका थिए ।  

कार्यक्रममा  प्रबचन दिदै कालीष्कापीठका प्राचार्य आ. रघुनाथ रिजालले बहुजाती, बहुभाषी, बहुसंस्कृतिबीचको एकता नेपाल र नेपालीको पहिचान भएको चर्चा गर्दै यसलाई कायम राख्नु सबैको दायित्व रहेको बताए । 

बेदबाणी एव सबै धर्मले हत्या र हिसालाइ निषेध गरेको बताउदै आचार्य रिजालले  धार्मिक सहिष्णुता र रोजगारमुलक शिक्षा अपरिहार्य रहेको बताए ।  धार्मिक द्वन्द्वले नेपाल र नेपालीको  अहित हुने भन्दै उनले यसबारे सबै सचेत हुनुपर्नेमा जोड दिए । बसुधैव कुटुम्बकमको मान्यता अनुसार कायम रहेको भाइचारा सम्बन्धमा स्खलन आएमा देशको कुनै पनि शक्तिले देशमा शान्ती स्थापना गर्न नसक्ने आचार्य रिजालको भनाइ थियो । 

भद्रकाली कीर्तन मण्डलीका अध्यक्ष बिष्णुमाया कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा–१० का वडाध्यक्ष  भुपेन्द्र न्यौपाने कालीस्थान बौद्ध गुम्बाका सन्तबहादुर गोम्देन, मोहन रिजाल ॐ कार कीर्तन मण्डलीमा आबद्ध कीर्तन समुहका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । यसोदा कडेललाइ सम्मान गरिएको  कार्यक्रममा स्वागत रेणु बस्नेत र सन्चालन राजु पौडेलले गरेका थिए ।