झापा ।
झापाका बिभिन्न स्थानमा हुने राधाकृष्ण रथ यात्रामा सुरक्षित रहन नेपाल सरकार अन्तरगत गृहमन्त्रालयले सवैमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सूचना जारी गरी बिहीवार (आज) झापाका बिभिन्न स्थानहरुमा हुन सक्ने राधाकृष्ण रथ यात्रामा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहहरुमा भिडभाडको फाईदा उठाउदै अपराधिक गतिबिधिहरु घट्न सक्ने भएकोले सजकता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी झापाद्धारा जारी सूचनामा भनिएको छ बहुमुल्य गरगहनाहरु लगाई उक्त भिडभाडमा नजान, उक्त स्थानमा जाँदा अधिक नगद तथा बहुमुल्य सामाग्रीहरु नलगाउन, सवारी साधनहरु चलाउदा पार्किङ स्थल भन्दा बाटोको साइडमा नराखिदिन, सवारी साधनहरु पार्किङ गरी राख्दा ह्याण्डिल लग, ह्विल लग लगायतका सुुरक्षाका अतिरिक्त बिधिहरु अपनाउन, भिडभाडको फाइदा लिएर महिला दिदिबहिनीहरुमा हुने दुर्व्यवहारप्रति सजग हुन प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै शंकास्पद ब्यक्ति हुन सक्ने भएकोले हरहमेसा चनाखो रहन, कुनैपनि प्रकारको चोरी, लुटपाट, दुर्ब्यवहार लगायत अन्य अपराधिक गतिबिधिहरु भएमा वा कसैको गतिविधिहरु शंकास्पद लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय झापा हटलाइन नम्बर १०० तथा मोबाइल नम्बरहरु ९८५२६७१५५५ र ९८५२६९००४९ मा सम्पर्क गरी जानकारी गराउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ ।