चारपाने ।
शब्दपत्र प्रकाशन प्रालिद्वारा संञ्चालित शब्दपत्र डटकम अनलाइन पोर्टलले सफलता पूर्व दोस्रो बार्षिकोत्सव मनाएको छ । २०७८ साउनदेखि सञ्चालित अनलाइनले २०७८ असोज २१ गते औपचारिक रुपमा उद्घाटन गरेको थियो । बिशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन तथा प्रसारण गर्दै आएको अनलाइनको अहिले फलोवर्स १०,२७१ पुगेको छ ।
अनलाइनले जनताको आवाजलाई सम्वोधन गरेर आफ्नो युट्व च्यानल ‘शब्द पत्र’ मार्फत पनि पाठकलाई वर्तमान पत्रकारिता अनुसरण गराउँदै आएको छ ।
दोस्रो वार्षिकोत्सव तथा तेस्रो बर्ष प्रवेशको अवसरमा आइतबार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीलाई प्राविधिक रुपमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान प्रदान गरेको छ । झापाको बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकमले उनलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
प्रालिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले प्राविधिक चौधरीलाई सम्मान गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा अनलाइनका सञ्चालक, पाठक, बिज्ञापनदाता, शुभचिन्तकसहित सम्पूर्णलाई धन्यवाद दिदै आलाइनका कार्यकारी सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीले अझ साथ र सहयोगको अपेक्षासमेत गरेका छन् । बार्षिकोत्सवका अवसरमा अनलाइनले कम्पनीको टि–सर्टसमेत निर्माण गरेर सार्वजनिक गरेको छ ।
प्रालिको सञ्चालकमा बालकृष्ण गिरी, उद्धव पुरी, उमेश भारती, पार्वता गिरी, बासु दुलाल, इशा पुरी, इन्द्रमणि पौडेल, अर्जुन गिरी, खड्गराज गिरी, इशा पुरी, तारा दुलाल, सम्पादक तथा सञ्चालकमा शर्मिला पुरी, रहेका छन् । त्यस्तै काठमाडौं प्रतिनिधिमा नविन पुरी, कृष्णप्रसाद पुरी, मोरङ प्रतिनिधिमा काजिलाल भारती, हल्दिबारी प्रतिनिधिमा सुदिप गिरी, मेचीनगर प्रतिनिधिमा झुलन रेग्मी, भद्रपुर प्रतिनिधिमा राजु बराल र कर्मचारीमा रिता पुरी रहेका छन् ।