झापा । 

झापाबाट चार जना फरार प्रतिबादी पक्राउ परेका छन् । उच्च अदालत विराटनगर इलाम इजलास तथा झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरु पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित छ । उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ झापा जिल्ला अदालतको मिति २०७६/०१/३० गतेको फैसला अनुसार चोरी मुद्दामा १ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका परिवर्तित ठेगाना ०४–०३–१५–च का २० बर्षिय परिवर्तित नाम ‘उपदेश’, झापा जिल्ला अदालतको मिति २०७९/०९/०३ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा २ महिना कैद फैसला भई फरार रहेका सर्लाही हरिवन नगरपालिका वडा नं.९ स्थायी वतन भई हाल जिल्ला झापा दमक नगरपालिका वडा नं.९ का ३८ बर्षिय रणबहादुर श्रेष्ठ रहेका छन् । 

त्यस्तै झापा जिल्ला अदालतको मिति २०७९/०९/०३ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा २ महिना कैद फैसला भई फरार रहेका दमक नगरपालिका वडा नं.८ बालुवाटार टोल का २७ बर्षिय सुजन विश्वकर्मा र उच्च अदालत विराटनगर इलाम ईजलासको मिति २०८०/०२/२४ गतेको फैसला अनुसार झुठा विवरण पेश गरी नागरिकता बनाई दिए दिलाएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख रुपैयाँ  जरिवाना सजाय फैसला भई फरार रहेका भद्रपुर नगरपालिका वडा नं.९ का ५२ बर्षिय शनिलाल राजवंशी रहेका छन् ।