बिर्तामोड । 

कम्प्युटर एशोसिएसन महासंघ (क्यान) झापा शाखाको ९ औं बार्षिक साधारणसभा शनिवार (आज) बिर्तामोडमा भएको छ । ‘सरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको अवधारणासहित स्थापना भएको क्यानले बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

क्यानका झापा अध्यक्ष कृष्णप्रसाद घिमिरको अध्यक्षतामा भएको कार्यक्रममा क्यानका केन्द्रिय सचिव भूपेन्द्रप्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत महासंघ झापा उपाध्यक्ष रोशन बुढाथोकीले गरेको कार्यक्रमको सञ्चालन सचिव लोकप्रिय खनालले गरेका थिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मैनाली, क्यानका कोशी प्रदेश अध्यक्ष रोशन दाहाल, गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा. रुपकप्रसाद खनाल, क्यानका पूर्व अध्यक्ष लक्ष्मीकान्त खनाल, नन्दकुमार खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सोही कार्यक्रमकाबिच क्यानले गत असार १७ देखि साउन १३ सम्म सञ्चालन गरेको कम्प्युटर हार्डवेयर तथा टेक्निसियन तालिममा सहभागीलाई सर्टिफिकेटसमेत बितरण गरेको थियो । 

क्यानका झापा अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोभिड महामारी र आर्थिक मन्दीले पुर्याएको असरलाई आगामी दिनमा पुर्ति गर्दै  संस्थाको गतिबिधिलाई थप ससक्त बनाउने बताए । कार्यक्रममा सचिब खनालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बिनोद श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।