बिर्तामोड। 

पत्रकार दिपिन राई प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय राई शुक्रवार सेन्टरमा प्रवेश गरेका हुन् । 

राईले आफु लामो समयदेखि माओवादी र तल्लो बर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै भरमा समेत नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे । पत्रकार राईले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।

राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रिय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका झापा जिल्ला इन्चार्ज एवम प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रिय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले सेन्टरमा स्वागत गरेका थिए ।

राईलाई केन्द्रिय कमिटीमा विशेष जिम्मेबारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाइएको छ ।