झापा । 

झापाबाट चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्ने फरार प्रतिवादीमा झापाको कनकाई नगरपालिका वडा नं ५ स्थित चप्रामारीका २१ बर्षिय अन्जर आलम रहेका छन् । 

झापा जिल्ला अदालतको मिति २०८०/०१/२५  गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका प्रतिबादी आलमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि  मंगलबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेश अनुसार आलमलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आलमलाई ६ महिना कैद, ५ हजार जरिवाना र २०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फौसला भएको छ ।