झापा । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भञ्सार छलेर तीन लाख ५० हजार रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ । 

झापाको मेचीनगर नगरपालिका वडा नं.६ कालीखोलाबाट भारतदेखि अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको सो कपडा सोमबार(आज) नियन्त्रणमा लिएको हो । 

प्रहरीले साडी १५५ पिस, चोलो १५९ पिस र महिलाले लगाउने भित्री कपडा १०० पिस बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।