झापा । 

झापाको झापा गाउँपालिका वडा नं.१ बेलायतीबारीबाट प्रतिबन्धित लागू औषध सहित तीन जना परेका छन् ।  पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० का २६ बर्षिय सुरेश धिमाल, झापा गौरादह नगरपालिका वडा नं.४ का  २५ बर्षि सन्देश लिम्बु र मोरङ उर्लाबारी नगरपालिका वडा नं.७ का २७ बर्षिय बिनोद लिम्बु रहेका छन् । 

ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई आइतवार पक्राउ गरेको हो । 

 प्र.१–०२–०४७ प.७०४२ नम्बरको  KTM DUKE मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको एयर फिल्टर भित्र लुकाएर ल्याएको ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेकोले मोटरसाईकल चालक सुरेश धिमालको साथबाट Samsung

 मोबाईल १ थान, नगद १ हजार ७२५ रुपैयाँ, उनीसँगै आएको को.२१ प.१०४० नम्बरको मोटरसाईकल चालक सन्देश लिम्बुको साथबाट Redmi 11 Lite मोबाईल १ थान, नगद १६० रुपैयाँ र को.२१ प.१०४० नम्बरको मोटरसाईकल पछाडी सवार बिनोद लिम्बुको साथबाट नगद ५० हजार रुपैयाँ, मोबाईल १ थान सहित तिनैजनालाई नियन्त्रण गरिएको हो । 

२ वटा मोटरसाईकल नियन्त्रण गरिएका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।