झापा ।
नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा पुनः धनलाल जैशी निर्वाचित भएका छन् ।
मञ्चको उपाध्यक्षमा परमेश्वर अधिकारी र ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् भने महासचिवमा कुन्छा दोर्जे दिमदोङ निर्वाचित भएका छन् । शुक्रवार भएको साधारणसभा तथा प्रथम अधिवेशनबाट सचिवमा बासु पुडासैनी, कोषाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, वीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको थियो ।