बिराटनगर।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले साउन महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने दुई जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको छ ।
बिभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गर्ने कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मगर र जिल्ला प्रहरी कार्यलय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र श्रावण ५ गते सेउती पुल नजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरी घटनामा संग्लग्नहरुलाई पक्राउ गर्न सफल भएको र खोटाङकी प्रहरी सहायक निरीक्षक राईले खोटेहांङ गाउँपालिका–३ का १६ बर्षीय राजेश राई २०७८ पौष ८ गतेदेखि हराएकोमा खोजतलास गर्ने क्रममा छिमेकी राष्ट्र भारतको जम्मु काश्मिर उदयपुरको पलास बाल आश्रममा रहेको सूचना पश्चात देल्ली सीडब्लुसी नामक संस्थासंग आवश्यक समन्वय गरी नेपाल ल्याउने वातावरण निर्माण गरेकोले उनीहरुले गरेको उल्लेखनिय कार्यको उच्च मुल्याङकन गर्दे प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषीत गरी पुरस्कृत गरेको हो ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिगत देखि नै प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गरी प्रत्येक महिना सर्वोतकृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ ।