मेचीनगर ।
पछिल्लो समय लागूऔषध प्रयोग कर्ता समाजमा भयावह अवस्था बन्दै गएको भन्दै त्यसलाई न्यूनिकरण गर्न झापाको मेचीनगर ८ स्थित प्रतिभा चोकमा ‘लक्ष्य पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आएको छ ।
पुर्नस्थापना केन्द्रको बुधबार एक कार्यक्रमका बिच मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष धमलाले युवाहरु जानी नजानी कुलतमा फस्ने गरेको बताउँदै त्यसबाट उनीहरु मुक्त हुन सकिरहेका हुँदैनन् । उनले भने, कुलतमा फसेकाहरु आफुले चाहेर पनि कुलतबाट मुक्त हुन नसकिरहेको अवस्थामा यस लक्ष्य पुर्नस्थापना केन्द्रले त्यस कार्यमा शसक्त ढंगले लाग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा मेची अभियानका संयोजक विजय डालिमियाले कुलतमा फसेकाहरुलाई समाजले हेर्ने दृष्ट्रिकोण फरक रहेको बताए । उनले युवाहरु कुलतमा फस्नुमा घरपरिवा, समाज र राष्ट्र पनि त्यतिकै जिम्मेवार बन्नुपर्ने बताउँदै जुनुसुकै कारणले कुलतमा फसेकाहरुलाई त्यसबाट मुक्त गाराउँदै सामान्य जिवनमा ल्याएर दक्ष बनाउँदै उसको दैनिकी र जिविको पार्जनमा सहज हुने परिवेश सृर्जना गर्नुपर्ने बताए ।
त्यस्तै मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीागर ८ की वडासदस्य तथा कार्यापालिका सदस्य कविता मिजारलगायतले अब वडा र आसपासका बासिन्दाले आफ्ना परिवारका सदस्य कोहि कुलतमा परेका भए यस केन्द्रले त्यसबाट मुक्त गराउन मद्धत गर्ने विश्वास लिइएको बताए ।
अहिले धेरै परिवारहरु आफ्ना सदस्य कुलतमा फस्दा घर झगडा, आर्थिकदेखि सामाजिक प्रतिष्ठा सबै गुमाउने अवस्थामा पुग्ने गरेको तितो यथार्थ रहेको बताउँदै त्यसलाई कम गर्न आफुहरुले कुलतमा फसेकाहरुलाई नयाँ जिवन दिन लागु औषध, मादक पदार्थ परामर्श तथा उपचार केन्द्र सञ्चालनमा ल्याइएको लक्ष्य पुर्नस्थापना केन्द्रका अध्यक्ष प्रविन थुलुङ बताउँछन् । उनले केन्द्रमा अहिले २५ जना क्षमताको रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाल, मेची उद्योगा वाणिज्य संघका उपाध्यक्ष कञ्चन बराल, शिक्षासेवी रुपसागर अधिकारी, जनप्रतिनिधि, समाजसेवीलगायतको आतिथ्य रहेको थियो । लक्ष्य पुर्नस्थापना केन्द्रका अध्यक्ष प्रविन थुलुङको अध्यक्षताका सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्वागत संस्थाका सचिव चन्दन गौतमले गरेका थिए भने, सञ्चालन सहसचिव रघुनाथ धिमालले गरेका थिए ।