झापा । 

झापाबाट चारजना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिभिन्न मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधवार र बिहीबार गरेर चार जनालाई पक्रउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७८/११/३० गतेको फैसला अनुसार वालयौन दुरुपयोग मुद्दामा ५ महिना कैद १० हजार जरिवाना, २५ हजार पीडितलाई क्षतिपुर्ति र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका दमक–३ भुटानी शरणार्थी शिविर सेक्टर डिएस हट नं.३९० का ५९ बर्षिय ताराबीर महत भन्ने टेकबहादुर महत रहेका छन् । 

झापा जिल्ला अदालतको मिति २०७८/१२/०२ गतेको फैसला अनुसार लागुऔषध (गाजा) मुद्दामा ६ महिना कैद २ हजार जरिवाना फैसला भई फरार रहेका कमल–४ सरस्वती टोलका ४१ बर्षिय सानु भन्ने मोहनकुमार चेम्जोङ, झापा जिल्ला अदालतको मिति २०७९/१०/२५ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका गौरादह–२ हाँसखोराका २६ बर्षिय मन्दिस भन्ने रोहितबहादुर अधिकारी रहेका छन् । 

त्यस्तै झापा जिल्ला अदालतको मिति २०७९/१०/२५ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका गौरादह–२ डिठ्ठा चोकका २७ बर्षिय विवेक राजवंशी रहेका छन् । 

पक्राउ गरिएका चारै जना फरार प्रतिबादीलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।