काँकरभिट्टा ।
काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसिया काम गरिरहेको पत्ता लागेको छ । ३७ वर्षीय गोपाल घिमिरे मलेशियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेको हो ।
अहिले भर्खरै मलेशियाबाट एकजना अपरिचत व्यक्तिले मेरो (अर्जुन कार्की) वटसर्पमा फोन गरेर काँकरभिट्टाका गोपाल घिमिरे मलेशियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको बताए ।
पोखराका प्रताप थापाले मलेशियाबाट मेरो वटसर्पमा फोन गरेर गोपाललाई ७/८ वर्षदेखि चिन्ने गरेको जानकारी गराए । ‘गोपाल हामीसँगै काम गरिरहेको छ’, थापाले भने ‘अहिले उँ सुतिरहेको छ । म डिउटीमा छु । उसको रातिको डिउटी थियो । उँ यहाँ सन्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु भने ।’
तपाईले हालेको भिडियो मैले एम्वीसीको पेजमा हेरेर गोपाल घिमिरेको आमा रुदै गरेको फोटो हेरेपछि म छक्कै परेको उनले बताए । उनले आमाले काँकरभिट्टाको गोपाल घिमिरे भनेपछि मैले थाहा पाए ।
गोपालले पहिलैदेखि आमासँग सम्पर्क गर्न खोज्दा कतैपनि नम्बर नपाएका कारण उँ निरास भइरहेको प्रतापको भनाई छ । उनले आमासँग कल गर्ने बातावरण मिलाईदिन मलाई अनुरोध गरेका थिए ।
गोपाल घिमिरेको यो फोटो उनले मलाई वटसर्पमा पठाईदिएको हो । फोन आउने वितिक्कै मैले गोपाल मलेशियामा काम गरिरहेको जानकारी उनको आमालाई गराईदिदा खुशीले गदगद भएर भक्कानो छाडेर रोइन् ।
बुधवार साँझ मात्रै आमा सानी ढकाल घिमिरेले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेशिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।