झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली चौकबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चारआलीको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१४ का अन्दाजी २२ बर्षिय अजय राजवंशी र मेचीनगर १२ का अन्दाजी २२ बर्षिय समिर धिमाललाई बुधवार पक्राउ गरेको हो ।
राजंबंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ३ ग्राम फेला परेपछि उनीसँगै रहेका धिमाल समेतलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।