मोरङ ।

मोरङको बुढिगंगा गाउपालिका–१ मिलन चौकस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा बालकको मृत्यु भएको छ ।

मंगलबार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जाँदै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका–१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनामलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।  बस र बस चालक बिराटनगर महानगरपालिका–४ का ४० बर्षीय देवान्नद राजवंशीलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।