झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित नयाँ बिजुली अफिस छेउबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–३ का ३५ बर्षिय सन्तोष भन्ने तेज बहादुर राई र सोही स्थानका ३८ बर्षिय राज भन्ने कृष्ण लिम्बु रहेका छन् ।
बिर्तामोड–४ नयाँ बिजुली अफिस छेउमा रहेको सुरेश अग्रवालको घर प्यासेजबाट लागुऔषध नियन्त्रण व्यूरो काकँरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई शंका लागेर चेक जाँच गर्दा सन्तोष भन्ने तेज बहादुर राईको दाहिने हातको मुठ्ठीमा ब्राउन सुगर १० ग्राम ५०० मिलिग्राम र २ थान मोवाईल समेत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।