कनकाई ।
एनआरएनएको उप–महासचिव पदमा झापा कनकाई १ का प्रमोद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सुरुदेखि नै एनआरएनएको अभियानमा सक्रिय सिटौलाले उप–महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताएका छन् ।
त्यसैगरी अहिले सुरु भएको स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर अघि बढाउने काममा आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
झापा कनकाई नगरपालिका वाड १ स्थायी घर भै बिगत २ दशकदेखि अमेरीकामा बसोबास गर्दै आएका सिटौला अन्तराष्ट्रिय झापाली समाजको पूर्व उपध्याक्ष तथा हालका सल्लाकार पनि हुन् ।
नेपाली कांग्रेसका पूर्व महाधिबेशन प्रतिनिधि समेत रहेका सिटौला प्रष्ट बक्ता र हकि स्वाभाबका मानिन्छन् । सिटौलाका लागि करिब ३५० भन्दा बढि नै डेलिगेट झापाली रहेको बुझिएको छ ।झापा जिल्लाबाट एनआरएनए आईसीसीको उच्च पदमा कार्यरत सिटौला मात्र एक भएको बुझिएको छ ।