झापा ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई ५६ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयले आर्थिक वर्ष २०७९÷०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
वैदेशिक रोजगारीमा गएका कामदारका परिवारका सदस्यलाई क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमरजस्ता गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डले ५० हजार रुपैयाँ सहयोग दिने गरेको छ ।
कामदारका परिवारको स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड, २०७३ भनेर छुट्टै मापदण्ड अनुसार उक्त रकम दिइएको हो । कामदारका श्रीमान, श्रीमती, छोराछोरी, आमाबुबा र महिला कामदारका सासु, ससुरा उपचार खर्च पाउने वर्गमा पर्ने व्यवस्था रहेको छ ।