विराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको ७ दिने प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा श्रावण २९ गतेबाट सञ्चालन भएको उक्त तालिमको सोमवार (आज) प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले  तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका छन् ।

समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटासहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुमा सादा पोशाक तथा सिमावर्ती ईलाकामा लामो समयसम्म कार्यरत रहेका जुप्रअ देखी प्रज सम्मका २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।