दुर्गापुर ।
नागपञ्चमी पर्वको अवसरमा शिवाकोटी समाज नेपाल झापा कार्य समितिको आयोजनामा शिवाकोटीको कूल देवता कालीनागको पूजा अर्चना गरिएको छ । झापाको कनकाई नगरपालिका –७ कालीमुडास्थित कालीनाग मन्दिरमा सोमवार (आज) भव्य रूपमा पूजा अर्चना गरिएको हो ।
कार्यक्रममा शिवाकोटी समाज नेपालका केन्द्रीय अध्यक्ष (भु.पु) तथा निवर्तमान बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, कनकाई नगरपालिका उप–मेयर आशा शर्मा शिवाकोटी, संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, निवर्तमान प्रदेश सभा सदस्य हरिचरण शिवाकोटी, समाजका केन्द्रीय सदस्य भानुप्रसाद शिवाकोटीलगायतआतिथ्य रहेको थियो ।
समाजका झापाका सचिब रेवतीरमण शिवाकोटीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि ध्रुवकुमार शिवाकोटी, अतिथि आशा शर्मा शिवाकोटी, हरिचरण शिवाकोटी लगायतले आ– आफ्नो भनाई प्रस्तुत गरेको थिए ।
कार्यक्रममा शिवाकोटी बन्धुका बृद्धवृद्धा टिकाप्रसाद, मेदनीप्रसाद, दिवा, कमलप्रसाद, नारदमुनि शिवाकोटी तथा असल बुहारी सुशीला र कमला शिवाकोटीलाई सम्मान गरिएको थियो ।
समाजका झापा अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका ध्रुबप्रसाद शिवाकोटीले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेख्य मात्रामा भक्तजन तथा बन्धुहरुको उपस्थिति रहेको थियो भने टिका र प्रसाद वितरण तथा भजन किर्तन गरिएको थियो ।
त्यसैगरी नाग पञ्चमी पर्वकै अवसरमा शिवाकोटी समाज क्षेत्रिय समितिले अर्जुनधारा धाममा रहेको कालीनाग मन्दिरमा र बिर्तामोड –१०, पथ्थरभित्तामा रहेको कालीनाग मन्दिरमा पनि पूजा गरेका शान्त कुमार शिवाकोटीले जानकारी दिए ।