मोरङ।

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टी पुलस्थित  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाईकल पछाडीबाट ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक झापाको कमल गाउपालिका–१ का ४३ बर्षीय गोपालप्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । 

त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका–१० स्थित स्वर्गिय मदन भण्डारी स्मृती लोक राजमार्गमा शुक्रवार साँझ गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको ना. ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा जिल्लाको मिथिला नगरपालिका–११ का १७ बर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना बिषयमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।