झापा ।
गएराति गएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको थियो ।
खोक्सेबाट खहरे खोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । शुक्रवार (आज) बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।
बिभिन्न ठाउँमा झरेको पहिरो बिहानैदेखि पन्छाउने कार्य भइरहेको र आजैदेखि यातायात सञ्चालनमा आउन सक्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।